चीनमा कोरोनाको नयाँ लहर, लान्चौ शहरमा लकडाउन – Janadesh Daily | ePaper

चीनमा कोरोनाको नयाँ लहर, लान्चौ शहरमा लकडाउन


कोरोना संक्रमण देखिएपछि चीनको लान्चौ शहर लकडाउन गरिएको छ ।

करिब ४० लाख जनसंख्या रहेको गान्सु प्रान्तको राजधानी लान्चौलाई पुर्णरुपमा लकडाउन गरिएको अधिकारीले बताएका छन् । आकस्मिक बाहेक मानिसलाइ घरबाट बाहिर निस्कन दिइएको छैन् । चीनमा कोरोना संक्रमण ज्यादै न्युन रहेको छ । तर केहि संक्रमित भेटिएलगत्तै सरकारले उक्त क्षेत्रलाइ कडा लकडाउन गरेर सबै जनसंख्याको परीक्षण र कन्ट्रयाक्ट ट्रेसिङ गर्ने गरेको छ ।

पछिल्लो समयमा गान्सु लगायत ११ प्रान्तमा संक्रमण देखिएको छ । संक्रमण देखिएपछि आवातजातवमा कडाइ र पर्यटकिय स्थलमा भ्रमण गर्न रोक लगाइएको छ । पछिल्लो २४ घण्टामा २९ जनामा संक्रमण पुष्टि भएकोमा लानजु शहरमा छ जनामा संक्रमण देखिएको छ ।

अधिकांशमा अतिसंक्रामक मानिएको डेल्टा भेरियन्टको संक्रमण रहेको जनाइएको छ । यसैबीच चीनका अधिकांश प्रान्तमा आजबाट ३ देखि ११ वर्ष उमेरका बालबालिकालाइ खोप दिन थालिएको छ । गान्सु र इनर मंगोलियामा संक्रमण देखिएपछि बालबालिकालाइ पनि खोप दिन थालिएको हो ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्