देशभर चिसो बढ्योः काठमाडौंमा दैनिक २ डिग्री घट्दै, चिसोबाट बँच्न खानुपर्छ यी ६ कुरा – Janadesh Daily | ePaper

देशभर चिसो बढ्योः काठमाडौंमा दैनिक २ डिग्री घट्दै, चिसोबाट बँच्न खानुपर्छ यी ६ कुरा


जनादेश हेल्थ डेस्क ।

काठमाडौं उपत्यकासहित देशभर चिसो बढेको छ। शुक्रबार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १२ दशमलव एक डिग्री रहेकोमा शनिबार १० दशमलव ६ डिग्रीमा झरेको थियो । काठमाडौं उपत्यकासहित देशभर औसतमा दैनिक एकदेखि दुई डिग्री सेल्सियससम्म तापक्रम घट्न थालेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

अब चिसो निरन्तर बढ्दै जाने विभागका मौसमविद् शान्ती कँडेलले बताइन्। दिउँसोपख घाम लागे पनि बिहान र बेलुका चिसो महसुस हुने गरेको छ।

महाशाखाका अनुसार नेपाली वायुमण्डलमा पश्चिमी वायुको प्रभावसँगै जाडोयाम सुरू हुन्छ। केही दिनअघिदेखि दिउँसोको तापक्रमसमेत दुईदेखि तीन डिग्री सेल्सियसका दरले घटिरहेको छ। हाल देशको पहाडी तथा हिमाली भूभागमा आंशिक बदली र बाँकी भूभाग मौसम सामान्यतया सफा छ।

उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १० दशमलव ६ डिग्री र अधिकतम तापक्रम २५ दशमलव पाँच डिग्री सेल्सियस रहेको छ।

त्यस्तै, शनिबार सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम दुई दशमलव शून्य डिग्री र सबैभन्दा धेरै जनकपुरको अधिकतम तापक्रम ३१ दशमलव शून्य डिग्री सेल्सियस रहेको छ।

जाडोबाट बँच्न यो समयमा खानुपर्छ यी ६ कुरा
जाडो महिनामा मानिस चिसोबाट बच्ने उपायका खोजीमा हुने गर्छ । चिसोबाट बच्न खानेकुरा मानिसहर धेरै खर्च गर्ने गर्छन । अब चिन्ता नगर्नुस यहाँ चर्चा गरिदैछ, चिसोबाट बच्न के के खान सकिन्छ ।

१) तील
तील पनि हाम्रो भन्सामा सहजै पाईने खानेकुरा हो । हामी तीलका बिभिन्न परिकार बनाएर खान्छौ । तर जाडो महिनामा यसको प्रयोग गर्दा यसले शरीरलाई न्यानो मात्र हैन हाम्रो पाचन प्रणाली पनि सफा राख्दछ ।

२) दालचीनी
दालचीनी पनि हामीले सधै प्रयोग गर्ने मसलाहरुमा मिलाएर खाँदा फाईदा हुन्छ । अझ जाडो महिनामा तातो दुधमा शखर र दालचीनी मिसाएर खाँदा जाडो र चिसोबाट हुने रोग लाग्न दिदैन् ।

३) लसुन
लसुनमा प्रशस्त मात्रामा एंटिबेक्टेरीयल र एंटिभाईरल गुण हुन्छ । यसले हामीलाई न्यानो राख्नुका साथै हाम्रो शरीरमा भाको कोलेस्ट्रोल पनि घटाँउदछ । लसुनको नियमित सेवनले गर्दा टाउँकोमा हुने समस्या पनि कम गर्छ ।

४) बदाम
जाडो महिनामा नियमित बदाम खानाले हाम्रो शरीर न्यानो हुन्छ । यसले स्वास प्रस्वासमा हुने समस्या बाट पनि छुट्कारा दिन्छ । यसमा ओमेगा ३ फ्याटी एसिड प्रशस्त मात्रामा पाईने हुँदा मोटोपन घटाउन पनि मदत गर्दछ र शरीर फिट राख्न पनि सहयोग गर्दछ ।

५) अदुवा
अदुवा हाम्रो भान्सामा सहजै पाहिले तरकारी अथवा मसला हो । अदुवामा प्रशस्त मात्रामा एंटीअक्सीडेन्टस् पाईन्छ जसले चिसो आयाममा स्वास्थ्य रहन सहयोग गर्दछ । यसका साथ साथै यसले शरीरमा बढी भएको प्रोटिनलाई घटाउनाका साथै एसिडिटि र मेटाबोलिजमबाट हुने सबै खालका समस्याहरु हटाउन मदत गर्दछ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्