जनादेश, काठमाडौँ ।
पछिल्लो २४ घण्टामा देशभर थप ३९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
आरटी पीसीआर परिक्षण गर्दा ३७१ जना र एन्टिजन परिक्षण गर्दा १९ जना गरि ३९० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकोछ । त्यस्तै, सोही अवधिमा थप ४२५ जना कोरोनामुक्त भएका छन् भने ५ संक्रमितको मृत्यु भएको छ ।
मन्त्रालयका अनुसार हाल कोरोना संक्रमित निको हुनेदर ९७.७ प्रतिशत रहेको छ । यस्तै हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ४५३ पुगेको छ ।
हाल देशभर सक्रिय संक्रमितको संख्या ७ हजार ६५७ रहेको मन्त्रालयले जानकारी दिएको छ ।