‘नेकपासहित सबै कम्युनिष्टलाई एक बनाएर अघि बढाइन्छ’ : प्रचण्ड – Janadesh Daily | ePaper

‘नेकपासहित सबै कम्युनिष्टलाई एक बनाएर अघि बढाइन्छ’ : प्रचण्ड


जनादेश, काठमाडौं ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपाभित्रको बहस बाहिर प्रचार गरिए जस्तो पद र प्रतिष्ठाको को छिनाझपटी नभएको बताएका छन् । जननायक तुलसीलाल अमात्यको २१ औं स्मृति सभामा बोल्दै अध्यक्ष प्रचण्डले उक्त कुरा बताएका हुन् । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले ‘प्रचण्डले पार्टी बचाउनु भयो’ भनी सार्वजनिक टिप्पणी गरेपछिको प्रचण्डको यो पहिलो अभिव्यक्ति हो ।

प्रचण्डले पार्टीमा रहेका विभिन्न समस्या समाधानका लागि संघर्ष जारी रहे पनि यो पदको निम्ति नभएको स्पष्ट पारेका छन् । बहस पदको छिनाझपटी बिल्कुलै होइन, बरु पद्धतिको हो । उनका अनुसार पार्टी एकता प्रक्रिया नटुङ्गिएको हालको अवस्थामा पार्टी आन्तरिक संघर्षले जनतामा निराशा ल्याएको भनी समस्या समाधानका लागि अघि बढ्न आफू तयार रहेको बताएका छन्।

पार्टीको विधि र पद्धतिका साथै ‘राजनीतिक स्थिरता र एकताका निम्ति आफुहरुले पद त्याग गर्दै आएको विरासत कोट्याउँदै अब पनि पार्टी एकता र रक्षाका लागि समर्पित हेको दोहर्याएका छन् । पार्टी एकता ठूलो उत्सवक रुपमा अघि बढेकाले पार्टी एकतालाई अविछिन्न राखेर अघि बढ्ने बारेमा प्रम ओलीसँग छलफल जारी रहेको बताएका छन् । प्रचण्ड समूहले प्रधानमन्त्री ओलीको राजीनामा मागेपछि बिग्रिएको सम्बन्ध उत्कर्षमा पुगेको बेला उनको यो अभिव्यक्तिले दुई अध्यक्षबीचमा सौहाद्रपूर्ण वातावरण बन्दै गएको संकेत गरेको छ ।

स्थायी कमिटी बैठक एक समुहले गर्ने र अर्को समुहले स्थगित गर्ने गरिरहेका बेला अध्यक्ष प्रचण्डले एकतामै जोड दिएका हुन् । अब कम्युनिष्ट समूह १० दिनभित्र एकै ठाउँमा बस्ने अवस्था आएको भन्दै राजनीतिक छलाङ मार्न थालेको बताएका छन् ।

‘छलाङमय बहुमत सहित सरकारको नेतृत्व गर्ने ठाउँमा पुरएको भन्दै अब फेरि अर्को छलाङ लगाउने तयारीमा आफूहरु रहेको बताएका छन् । प्रचण्डले अन्तरद्वन्द्व अस्वस्थ बन्दै गए पनि यसको हल गरेर जाने बताएका छन् । कम्युनिष्टले जालझेल, छलकपट अपनाउन नसक्ने भन्दै संघर्ष जति तिखो भए पनि त्यसको हल गरिने बताएका छन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्