पाकिस्तानको लाहोर विश्वकै सवैभन्दा प्रदुषित शहर बनेको छ । वायु गुणस्तर मापन गर्ने स्वीस प्रविधी कम्पनी आइक्यु एअरले लाहोर शहरलाइ विश्वको अत्याधिक प्रदुषित शहर घोषणा गरेको हो । आज उक्त शहरको वायु गुणस्तर सूचकांक ३ सय ४८ रहेको छ ।
आइक्यु एअरका अनुसार ३ सय भन्दा माथिको सूचकांकले वायु प्रदुषण खतरानाक स्तरमा रहेको बताउछ। पछिल्लो वर्ष पाकिस्तानमा वायु प्रदुषण खराब स्तरमा रहेको छ । कम-ग्रेड डिजेल धुवाँको मिश्रण, मौसमी बाली जलाउदाँ निस्कने धुवाँ लगायतका कारण वायु प्रदुषण बढेको हो ।