बाढीका कारण सोह्रको मृत्यु – Janadesh Daily | ePaper

बाढीका कारण सोह्रको मृत्यु


जलालाबाद ।

अफगानिस्तानको नान्गाहार प्रान्तमा भएको तिब्र गतिको बाढीका कारण कम्तीमा १६ जनाको मृत्यु भएको छ । शुक्रबार अबेर राती आएको बाढीमा परी मृत्यु भएका मध्ये अधिकांश बालबालिका रहेको अधिकारीहरुले जनाएका छन् ।

बाढीले अरु सयौँ घर तथा भौतिक संरचनाहरुमा समेत क्षति पुर्‍याएको अधिकारीहरुको भनाइ छ । देशको नान्गाहार प्रान्तमा पर्ने कोज्कुनार जिल्लामा घटना भएको प्रान्तीय सरकारका प्रवक्ता अतुल्लाह खोगिएनीले शनिबार जानकारी दिनुभयो ।

“अत्यधिक वर्षापछि आएको बाढीका कारण मृत्यु भएका १६ जना मध्ये १२ जना त बालबालिका मात्रै रहेका छन्,” उहाँले भन्नुभयो । बाढीमा परेर अरु चार जना बालबालिका अझै पनि बेपत्ता अवस्थामै रहेको प्रवक्ता खोगिएनीले बताउनुभयो ।

बाढीमा परेकाहरुलाई उद्धार गर्ने, घाइतेहरुलाई उपचार गर्ने र बेपत्ता भएकाहरुको खोजी गर्ने कार्य भने जारी रहेको उहाँको भनाई छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्