फ्रेन्च लिग वान फुटबलः मेसी र एम्बाप्पेको गोलमा पिएसजीको सहज जित – Janadesh Daily | ePaper

फ्रेन्च लिग वान फुटबलः मेसी र एम्बाप्पेको गोलमा पिएसजीको सहज जित


जनादेश स्पोर्ट्स वाच ।

फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले सहज जित निकाल्दै शीर्ष स्थानको अग्रता बढाएको छ। शनिबार राति नान्टेसलाई ३-१ गोल अन्तरमा हराउँदै पिएसजीले शीर्ष स्थानमा १२ अंकको अग्रता बनाएको हो।

घरेलु मैदानमा पिएसजीलाई जिताउन लिओनल मेसी र केलियन एमबाप्पेले १-१ गोल गरे। थप एक गोल उपहार पाएको थियो। नान्टेसका लागि रण्डाल कोलो मुआनीले गोल गरेका थिए।

पिएसजीले खेलको दोस्रो मिनेटमै एम्बाप्पेको गोलबाट सुरूवाती अग्रता लिएको थियो। पहिलो हाफसम्म १-० गोलले अग्रता लिएको पिएसजी दोस्रो हाफमा १० खेलाडीमा समित भएको थियो।

खेलको ६५ औं मिनेटमा गोलकिपर केयलर नाभासले रातो कार्ड पाएपछि पीएसजी १० खेलाडीमा समेटिएको थियो। १० खेलाडीमा समेटिएको प्रत्यक्ष फाइदा उठाउँदै खेलको ७६ औं मिनेटमा रण्डाल कोलो मुआनीले गोल गर्दै नान्टेसलाई १-१ गोलको बराबरीमा ल्याए ।

तर खेलको ८२ औं मिनेटमा नान्टेसका डेनिसले आत्मघाती गोल गरेपछि पीएसजी २-१ ले अघि रह्यो ।

त्यसपछि खेलमा ३ मिनेट बाँकी हुँदा लियोनल मेसीले गोल गर्दै पीएसजीलाई ३-१ को जित दिलाए। मेसीको यो पहिलो लिग वान गोलसमेत हो।

जितसँगै पीएसजीले १४ खेलमा ३७ अंक जोडेको छ। पराजित नान्टेस १८ अंक जोडेर ११ औं स्थानमा रहेको छ। तालिकाको दोस्रो स्थानमा रहेको समान खेलबाट २५ अंक छ। यस्तै तेस्रो स्थानमा रहेको लेन्सको २४ अंक छ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्