प्युठान,
प्युठान नगरपालिका वार्ड नं. ९ निवासी नेपाल सरकारका अवकाश प्राप्त उपसचिव , समाजसेवी, बुद्धिजीवी श्री सत्यवहादुर वुढाथोकीले प्रहरी चौकी मरन्ठानाका लागि निःशुल्क रुपमा (क्षेत्रफल ३-४-०-०) जग्गा प्रदान गर्नु भएकोछ ।
प्रहरी चौकी मरन्ठानाका लागि निःशुल्करुपमा जग्गा प्रदान गरेकोमा जिल्ला प्रहरी कार्यालय प्युठानले आदरणिय व्यक्तित्व श्री सत्यवहादुर वुढाथोकी प्रति हार्हिक कृर्तज्ञता एवं आभार व्यक्त गरेकोछ ।
जिन्दगीको हरेक मोडमा उहामा सदा सुख, शान्ति, सुस्वास्थ तथा सफलता मिलोस हाम्रो सदा शुभकामना रहनेछ ।
यस पुण्यको काममा अहोरात्र सह्योग गर्नु हुने प्युनपा-९ का वडाध्यक्ष नेहरसिंह केसी प्रति पनि हार्दिक आभार व्यक्त गर्दै यसमा आधारभुत भुमीका देखाउने प्रहरी चौकी मरन्ठानाका ईन्चार्ज टिका कुँवरलाई पनि हार्दिक धन्यवाद छ ।