भीम रावलको उम्मेद्ववारीपछि गोकुल वाँस्कोटाको व्यङ्ग्य – Janadesh Daily | ePaper

भीम रावलको उम्मेद्ववारीपछि गोकुल वाँस्कोटाको व्यङ्ग्य


जनादेश वाच
नेकपा एमालेका उपाध्यक्ष भीम रावलले पार्टीको आगामी नेतृत्वका लागि अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेपछि केन्द्रीय सदस्य गोकुल बाँस्कोटाले व्यंग्य गरेका छन्।

यही मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुने एमालेको १०औं राष्ट्रिय महाधिवेशनमा आफू अध्यक्ष पदमा उठ्ने घोषणा रावलले गरेका हुन्।

वर्तमान केपी शर्मा ओलीलाई सर्वसम्मत अध्यक्ष बनाउने चर्चा चलिरहेका बेला दसबुँदै सहमति कार्यान्वयन नगरेको भन्दै असन्तुष्ट रावलले ओलीलाई चुनौती दिँदै आइतबार काठमाडौंस्थित रिपोर्टस् क्लबमा पत्रकार सम्मेलन गरी अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका हुन्।

सोही सन्दर्भमा बाँस्कोटाले भीम रावललाई व्यङ्ग्य गरेका हुन् । उनले ट्विटरमा लेखेका छन्, ‘धैरै कमरेडहरू भटाभट उम्मेदवारी घोषणा गर्दै पो रेछन् त,’ बाँस्कोटाले भनेका छन्, ‘जे त होला म पनि गर्दिम कि जस्तो लाग्न थाल्यो बा!’

ओलीका प्रिय गोकुल बाँस्कोटाले आइतबार राति सामाजिक सञ्जालमार्फत रावलको नाम नलिईकन व्यंग्य गरेका हुन्।

 

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्