टेलिभिजन च्यालनका लागि वैधानिक प्रक्रिया अब थाल्ने पतञ्जलीको जवाफ – Janadesh Daily | ePaper

टेलिभिजन च्यालनका लागि वैधानिक प्रक्रिया अब थाल्ने पतञ्जलीको जवाफ


जनादेश अपडेट ।
पतञ्जलीले नेपालमा सञ्चालन गर्ने भनेका दुई टेलिभिजन च्यानलको प्रशारणका लागि वैधानिक प्रक्रिया चाँडै सुरु गर्ने बताएको छ ।

पतञ्जली योगपिठ नेपालका ट्रष्टी शालीग्राम सिंहका अनुसार योग गुरु रामदेव तथा आचार्य बालकृष्ण नेपाल आएको अवसर पारेर प्रधानमन्त्री शेरबहादुर देउवाको समय पनि मिलेकाले उद्घाटन गरिएको हो ।

तर औपचारिक प्रक्रिया भने अब पूरा गरिने उनले बताएका छन् । उनका अनुसार ज्योतिशिय हिसाबले कात्तिक पूर्णिमाको दिन परेकाले उद्घाटनका रुपमा साइत जुराइएको मात्रै हो । उनले भने, ‘विधिवत कार्यचाहिँ बाँकी नै छ । हामी अब त्यो प्रक्रिया पूरा गर्ने छौँ ।’

प्रशारणको अनुमति तथा दर्ता नै नगरी दुई टेलिभिजनको उद्घाटन गरिएको र सञ्चारमा विदेशी लगानी बर्जित रहेको अवस्थामा प्रधानमन्त्रीले नै त्यसको उद्घाटन गरेका भन्दै आलोचना हुँदै आएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्