देशैभर पार्टी पुनर्स्थापना दिवस मनाउँदै विप्लव समूह, बेलुका दीप प्रज्वलन – Janadesh Daily | ePaper

देशैभर पार्टी पुनर्स्थापना दिवस मनाउँदै विप्लव समूह, बेलुका दीप प्रज्वलन


जनादेश, काठमाडौँ ।

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले आठौं पार्टी पुनर्स्थापना दिवस मनाइरहेको छ। तत्कालीन मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीबाट विभाजन भई विप्लवले आफनो नेतृत्वमा २०७१ मंसिर ८ गते नेकपा गठन गरेका थिए। पार्टी स्थापना दिवसको उपलक्ष्यमा विविध कार्यक्रम गरेर मनाइरहेको नेकपाका केन्द्रीय सदस्य ओमप्रकाश पुनले बताए।

पार्टी पुनर्स्थापना दिवसको उपलक्ष्यमा काठमाडौंमा बृहत आमसभा गर्ने भनिएको थियो। पछि देशैभर आमसभासहित कविता, छलफल, खेलकुद कार्यक्रमलगायत रचनात्मक कार्यक्रम गर्ने भइयो’ पुनले भने, ‘बेलुका दीप प्रज्वलन गर्ने कार्यक्रम छ।’ विप्लव नेतृत्वको नेकपाले तत्कालीन ‘जनमुक्ति सेना’ स्थापना दिवसकै दिन २०७१ सालदेखि पार्टी पुनर्गठन दिवस मनाउँदै आएको छ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्