नेता पुनको स्वास्थ्यमा सुधार – Janadesh Daily | ePaper

नेता पुनको स्वास्थ्यमा सुधार


जनादेश, काठमाडौं ।

नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य वर्षमान पुनको स्वास्थ्यमा सुधार देखिएको छ । स्वास्थ्यमा समस्या देखिएसँगै थाइल्याण्ड पुगेका उनलाई थप उपचारका लागि चीन लगिएको थियो ।

चीनको सेनजेनस्थित थर्ड पिपुल्स हस्पिटलमा उपचाररत पुनको स्वास्थ्मा सुधार देखिरहेको पारिवारिक स्रोतले जनाएको छ । उनी जण्डिससँग सम्बन्धित रोगबाट ग्रसीत छन् । चिकित्सकका अनुसार उनीमा बिलरुविनको मात्रा घटेर १८ मा पुगेको छ । यसअघि बैँककमा उनको बिलरुविनको मात्रा २२ थियो । बिलरुविन बढ्दा त्यसको प्रभावका कारण हुने बान्ता, शरीर चिलाउने, निद्रा नलाग्ने, खान मन नलाग्ने, शरीर सुन्निने जस्ता समस्या सुधार भएको छ ।

यस्तै, उनको उपचारमा खटिएका चिकित्सकले स्वास्थ्यमा सुधार हुँदै गए पुन निको हुन केही समय लाग्ने बताएका छन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्