ओमिक्रोन भेरियन्ट फैलिन नदिन दक्षिण अफ्रिकासहित ९ देशका नागरिकलाई नेपाल प्रवेशमा रोक – Janadesh Daily | ePaper

ओमिक्रोन भेरियन्ट फैलिन नदिन दक्षिण अफ्रिकासहित ९ देशका नागरिकलाई नेपाल प्रवेशमा रोक


काठमाडौँ ।

दक्षिण अफ्रिकामा देखा परेको कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ विभिन्न देशमा फैलिने क्रम बढेपछि सरकारले अफ्रिकासहित केही देशबाट नेपाल प्रवेशमा रोक लगाएको छ ।

सरकारले सुरक्षा नीति अपनाउँदै दक्षिण अफ्रिकासहित बोत्सवाना, जिम्बाब्वे, नामिबिया, लेसोथो, इसवाटिनी, मोजाम्बिक, मलावी र हङकङबाट नेपाल प्रवेशमा रोक लगाएको हो । कोरोनाविरुद्धको बुस्टर डोज लगाइसकेको अमेरिकामा समेत ओमिक्रोनका नयाँ संक्रमितहरु फेला परिरहेका छन् । यस्तै, छिमेकी देश भारतमा समेत ओमिक्रोनका संक्रमित भेटिएपछि सिमा नाकाको आवतजावतमा कडाईं गरिएको छ ।

सरकारले प्रतिबन्धित मुलुकलाई ट्रान्जिट बनाई नेपाल आउनेजाने गरेका यात्रुलाई समेत नेपाल प्रवेशमा रोक लगाइएको छ । दक्षिण अफ्रिकाबाट सुरु भएको यस भेरियसन्ट हालसम्म एसीया, यूरोप लगाएतका मुलुकमा देखिसकेको छ । जनजीवनलाई सामान्य राख्ने उद्देश्यले अर्को आदेश नभएसम्मका लागि सङ्क्रामक रोग ऐन, २०२० को दफा २ ले दिएको अधिकारबमोजिम सरकारले यसअघि नै आदेश जारी गरिसकेको छ । तयस्तै, सरकारबाट आदेश जारी हुँदाका बखत ती मुलुकमा ट्रान्जिटमा रहेका सम्पूर्ण यात्रु नेपाल आगमनपछि आफनै खर्चमा अनिवार्यरूपमा सात दिन होटल क्वारेन्टिनमा बस्नुपर्नेछ ।

यससँगै सरकारले ओमिक्रोन संङ्क्रमण जोखिम भएका मुलुकबाट नेपाल भ्रमणमा आउने यात्रुलाई समेत अनअराइभल भिसा नदिने निर्णय गरेको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्