काठमाडौँ ।
पछिल्लो २४ घण्टामा देशभर थप २६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७११४ जनाको पीसीआर र १५०३ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा २६५ जनामा कोरोना पुष्टि भएको हो । त्यस्तै, सोही अवधिमा थप दुई संक्रमितको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा थप ३५७ जना संक्रमणमुक्त भएका छन् ।
यस्तै १ लाख ६६ हजार १० जनाले कोभिड विरुद्धको खोप लगाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।