देशभर थप ३१५ जनामा कोरोना सङ्क्रमण, दुईको मृत्यु – Janadesh Daily | ePaper

देशभर थप ३१५ जनामा कोरोना सङ्क्रमण, दुईको मृत्यु


काठमाडौँ । 

पछिल्लो २४ घण्टामा थप ३१५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ११ हजार ८१० जनाको कोरोना परीक्षण गरिएको थियो । योसँगै सक्रिय सङ्क्रमित सङ्ख्या नेपालमा ६ हजार ३५२ पुगेको छ । पछिल्लो २४ घण्टामा ३०४ जना कोरोनाबाट निको भएर घर फर्किएका छन् । योसँगै निको हुनेको सङ्ख्या आठ लाख पाँच हजार २०५ पुगेको छ । निको हुने दर ९७.८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

पाँच सयभन्दा बढी सङ्क्रमित भएका जिल्ला काठमाडौँ र ललितपुर छन् । दुई सयभन्दा बढी सङ्क्रमित भएका जिल्लामा सुनसरी, भक्तपुर, कास्की, पूर्व नवलपरासी, बाँके र कैलाली छन् । यस्तै शून्य सङ्क्रमित भएका जिल्लामा मनाङ, मुस्ताङ, डोल्पा, हुम्ला, सल्यान र मुगु छन् । नेपालमा सङ्क्रमण दर १७.६ प्रतिशत रहेको छ । हाल होम आइसोलेशनमा ६ हजार १३, संस्थागत आइसोलेशनमा ३३९, आइसियुमा १२३ र भेन्टिलेटरमा ३० जनाको उपचार हुँदैछ ।

कोरोनाबाट दुई जनाको मृत्यु

पछिल्लो २४ घण्टामा कोरोनाबाट थप दुई जनाको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ५४५ पुगेको छ । त्यसैगरी पछिल्लो समय एक लाख २७ हजार ७५३ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । अहिलेसम्म खोपको पहिलो मात्रा एक करोड ५ लाख चार हजार ७६४ जनाले र पूर्ण मात्रा ८७ लाख ८० हजार ४३३ जनाले लगाएका छन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्