संसद र एमसिसीः प्रधानमन्त्री देउवाले बोलाए सर्वदलीय बैठक – Janadesh Daily | ePaper

संसद र एमसिसीः प्रधानमन्त्री देउवाले बोलाए सर्वदलीय बैठक


जनादेश, काठमाण्डौं । प्रधानमन्त्री शेरबहादुर देउवाले भोलि (आइतबार) का लागि सर्वदलीय बैठक बोलाएका छन्।

प्रसंसद् बैठकमा एमालेले गरिरहेको अवरोध खुलाउने विषयमा छलफल गर्न प्रधानमन्त्री देउवाले आइतबार अपराह्न ४ बजे बस्नेगरी सर्वदलीय बैठक बाेलाएका हुन्।

बैठकमा सहभागिताका लागि संसदमा प्रतिनिधित्व गर्ने सबै दललाई बाेलाइएकाे छ। एमालेले गत भदौ २३ गतेदेखि प्रतिनिधि सभाका हरेक बैठकमा अवरोध र विरोध गरिरहेको छ।

त्यो अवरोध हटाउने विषयमा सहमति भए अन्य एजेन्डामा छलफल गर्ने चाहना प्रधानमन्त्री देउवाको छ। ‘संसद् लामो समयदेखि अवरुद्ध भइरहेकाले पहिलो एजेन्डा त्यही खुलाउने नै छ’, देउवा निकट स्रोतले भन्यो, ‘संसद् खुलाउन एमाले तयार भएमा संसदमा लग्ने बिजिनेसका विषयमा पनि छलफल हुन्छ।’

सर्वदलीय बैठकमा एमसिसी पारित गर्ने कि नगर्ने भन्ने विषयमा दलीय धारणा माग्ने प्रधानमन्त्री देउवाको तयारी रहेको बुझिएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्