चन्द्रप्रकाश नेपाली,
घोराही । पूर्वसभामुख कृष्णबहादुर महराले पछिल्लो समय राजनीति धमिलो हुँदै गएकाले सबै मिलेर सफा गर्न आवश्यक भएको बताउनु भएकोछ ।
नेपाल रेड्क्रस सोसाइटी नारायणपुर उपशाखाको नबनिर्मित भबन उद्घाटन गर्दै सो कुरा बचाउँनु भएको हो । आफु पूर्वशिक्षक मात्र होइन, पूर्वरेडक्रसकर्मी पनि भएको हिजो दाङमा भएको एक कार्यक्रममा खुलाउनु भयो । आफू ४० बर्षअघि रेडक्रसकर्मी रहेर सेवा गरेको बताउँनु भएकोछ ।
उहाँले युद्धकालमा पनि रेडक्रसको अन्तर्राष्ट्रिय समितिसँग नजिक रहेर काम गरेको र रेडक्रसप्रति सँधै सकारात्मक भएको बताउनुभयो । रेडक्रसको काम मानवीय सेवा भएको उल्लेख गर्दै उहाँले राजनीति पनि सामाजिक सेवाकै लागि गरिने बताउनुभयो ।
पूर्वसभामुख कृष्णबहादुर महरा राजनीतिज्ञ मात्र होइन पूर्वशिक्षक पनि हो भन्ने धेरैलाई थाहा छ । त्यसैले उहाँलाई आज पनि धेरैले ‘महरा सर’ भनेर बोलाउँछन् ।