सरकारले नयाँ नक्सा अन्तर्राष्ट्रिय समुदायमा पठाउने – Janadesh Daily | ePaper

सरकारले नयाँ नक्सा अन्तर्राष्ट्रिय समुदायमा पठाउने


जनादेश संवाददाता,

काठमाण्डौ। सरकारले कालापानी, लिपुलेक, लिम्पियाधुरासहित नेपालको राजनीतिक तथा प्रशासनिक नक्सा अन्तर्राष्ट्रिय समुदायमा पठाउने भएको छ।

त्यसका लागि सरकारले अन्तर्राष्ट्रिय समुदायलगायत युनाइटेड नेशन र गुगलमा समेत प्रकाशित हुने गरी तयारी गरेको भूमि व्यवस्था मन्त्री पद्मा अर्यालले बताउनुभएको छ । उक्त नयाँ नक्साको अंग्रेजी रुपान्तरणको काम भइरहेको र काम सकिएसँगै साउनको अन्त्यसम्ममा पठाइसक्ने मन्त्री अर्यालको भनाई छ ।

नेपालको नयाँ नक्सा करीब ४ हजार प्रति अंग्रेजीमा छपाइ गरिसकेको नापी विभागले जनाएको छ । सरकारले जेठ ७ गते कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको नेपालको नयाँ नक्सा सार्वजनिक गरेको थियो ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्