एमसीसी पास गराउन एमाले फकाउँदै देउवा – Janadesh Daily | ePaper

एमसीसी पास गराउन एमाले फकाउँदै देउवा


जनादेश मिडिया वाच।

प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजना (एमसीसी) संसद्बाट अघि बढाउन नेकपा एमालेलाई फकाउने नीति लिएका छन् ।

एमाले नेतृत्वकै अघिल्लो सरकारले एमसीसी परियोजनालाई संसद्बाट अघि बढाउने तयारी गरिरहँदा राजनीतिक घटना क्रममा फेरबदल भएको निष्कर्षसहित प्रमुख सत्तारूढ दल नेपाली काँग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले एमालेलाई पनि एमसीसीमा सहमत गराएर अघि बढ्ने नीति लिएका हुन् ।

‘एमसीसी देशको हितमा आएको परियोजना हो । यसमा कसैले विमति राख्नुपर्ने अवस्था नै छैन, यो देशकै हितमा छ । एमालेको अघिल्लो सरकारलेसमेत यसलाई अघि बढाउन चाहेकाले उसको पनि साथ लिने भन्ने हो, त्यहीअनुसार छलफल भइरहेको छ,’ प्रधानमन्त्री देउवानिकट काँग्रेसका एक नेताले भने । सरकारका तर्फबाट यसअघि पनि सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग प्रधानमन्त्री शेरबहादुर देउवाको दूत बनेर एमसीसीबारे छलफल गरेका थिए । राजधानी दैनिकबाट साभार।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्