जनादेश, काठमाण्डौं । किराँत राई समुदायले मनाउने साकेला उधौली शनिबार समापन भएको छ । टुँडिखेलमा विशेष कार्यक्रम गर्दै साकेला उधौलीको समापन भएको हो । किरात राई यायोक्खा, काठमाडौँले आयोजना गरेको कार्यक्रमको प्रमुख आकर्षण साकेला शिली नाच बनेको थियो ।
एक महिनासम्म चल्ने यो पर्व शनिबार टुँडिखेलमा समापन भएको हो । टुँडिखेलमा साकेला शिली नाचसँगै किराँत समुदायको मौलिक खाना, भाषा र संस्कृतिको प्रदर्शनसमेत भएको छ । कार्यक्रममा किराँती समुदायका वृद्धवृद्धा, युवायुवती र बालबालिका मौलिक पहिरमा उपस्थित थिए ।
किराँत राई समुदायले मनाउने साकेला उधौली शनिबार समापन भएको छ । टुँडिखेलमा विशेष कार्यक्रम गर्दै साकेला उधौलीको समापन भएको हो । किरात राई यायोक्खा, काठमाडौँले आयोजना गरेको कार्यक्रमको प्रमुख आकर्षण साकेला शिली नाच बनेको थियो ।