स्वास्थ्य मन्त्रालयले दरबन्दीअनुसार जनशक्ति र करार कर्मचारीको अवधि थप गर्ने – Janadesh Daily | ePaper

स्वास्थ्य मन्त्रालयले दरबन्दीअनुसार जनशक्ति र करार कर्मचारीको अवधि थप गर्ने


स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको सङ्क्रमण बढ्न थालेपछि स्वास्थ्य संस्थालाई दरबन्दी अनुसारको जनशक्ति व्यवस्थापन गर्ने निर्णय गरेको छ ।

स्वास्थ्य मन्त्रीस्तरीय निर्णय गर्दै मन्त्रालयले सबै शिक्षण अस्पताल, प्रतिष्ठान, अस्पताल र प्रयोगशालालाई दरबन्दीअनुसार जनशक्तिको व्यवस्थापन र करारमा लिएका जनशक्तिको अवधि तीन महिना म्याद थप गर्ने निर्णय गरेको मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार आजै नै ति अस्पताललाई दरबन्दीअनुसार जनशक्ति व्यवस्थापन गर्न र करारमा नियुक्त गरिएका स्वास्थ्यकर्मी र कर्मचारीको माघ महिनादेखि तीन महिनासम्म अवधि थप गर्न निर्देशन दिइसकेको बताउनुभयो । ओमिक्रोन भेरियन्टका कारण अहिले सङ्क्रमण बढेको छ । आज मात्र तीन हजार ५५३ जनामा सङ्क्रमण देखिएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्