मौसमी पूर्वानुमानः काठमाडौंसहित देशभर चिसो बढ्ने, सतर्क रहन आग्रह – Janadesh Daily | ePaper

मौसमी पूर्वानुमानः काठमाडौंसहित देशभर चिसो बढ्ने, सतर्क रहन आग्रह


जनादेश वेदर डेस्क।

चिसो बढ्ने क्रममा रहेकाले सतर्क हुन मौसमविद्ले आग्रह गरेका छन् । मौसम खुल्ने क्रममा रहेका कारण चिसो अझै बढ्ने क्रममा रहेकाले यसबाट बच्न थप सतर्कता अपनाउन मौसमविद् राजु प्रधानाङ् बताउँछन् ।

“काठमाडौंसहित देशभर चिसो अझै बढ्ने क्रममा रहेकाले चिसो बाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउनु पर्नेछ,” उनले भने । आज बिहान ६ बजे काठमाडौंको तापक्रम ४.८ डिग्री सेल्सियस रहेको छ । आज काठमाडौंमा बदली हुने राजु बताउँछन् ।

आज बिहान प्रदेश २ तथा बाँकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहेको छ । पश्चिम तथा मध्य तराइका केही स्थानमा हुस्सु र कुहिरो लागेको छ ।

आज दिउँसो प्रदेश १ र प्रदेश २ तथा सुदूरपश्चिम प्रदेशमा आंशिक बदली तथा देशका अन्य भू–भागमा मौसम सामान्यतया सफा रहने छ । प्रदेश १ को पहाडी भू–भागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्