पछिल्लो २४ घण्टामा देशभर थप चार हजार ९६१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५ हजार १३१ नमूना परीक्षणमध्ये ४ हजार ५३४ जनामा पीसीआर र ४ सय २७ जनामा एन्टिजेन विधिद्वारा गरिएको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको हो । यस्तै, सोही अवभिमा थप तीन संक्रमितको मृत्यु भएको छ । यससँगै कोरोनाबाट हालसम्म मृत्यु हुनेको संख्या ११ हजार ६२० पुगेको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ४३५ जना संक्रमणमुक्त भएका छन् ।
हाल देशभर २५ हजार ६८० सक्रिय संक्रमित छन् ।