कोरोना बढेपछि सरकारको सतर्कताः मन्त्रिपरिषद्बाट जारी गरियो यस्तो आदेश – Janadesh Daily | ePaper

कोरोना बढेपछि सरकारको सतर्कताः मन्त्रिपरिषद्बाट जारी गरियो यस्तो आदेश


जनादेश, काठमाडौँ ।

मन्त्रिपरिषद बैठकले नयाँ भेरियन्ट ओमिक्रोन तेस्रो लहर रोकथाम सम्वन्धी आदेश २०७८ जारी गरेको छ ।

सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्दै ओमिक्रोन तेस्रो लहर रोकथाम सम्वन्धी आदेश २०७८ जारी गरेको जानकारी दिए । जसअनुसार सबै प्रकारका आमसभा, जुलुस माघ मसान्तसम्म सञ्चालन नगर्ने, सिनेमाहल, दोहोरी, जिम कारखाना, क्लव माघ १५ गतेसम्म सञ्चालन नगर्न निर्देशन दिएको हो ।

त्यस्तै विश्वविद्यालय, कलेज माघ १५ गतेसम्म भौतिक रुपमा सञ्चालन नगर्ने यसको सट्टा वैकल्पिक वा भर्चुअच माध्यममबाट सञ्चालन गर्न सबैमा अनुरोध गरेको हो । सरकारले कोरोना रोकथाम र नियन्त्रणको लागि सबैले सहयोग गर्न समेत आग्रह गरेको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्