पत्रकार एलबी विश्वकर्माको निधन – Janadesh Daily | ePaper

पत्रकार एलबी विश्वकर्माको निधन


पत्रकार एलबी विश्वकर्माको निधन भएको छ । टिभी टुडे टेलिभिजनमा कार्यरत पत्रकार विश्वकर्माको आज बिहान उपचारका क्रममा मृत्यु भएको ललितपुरस्थित पाटन अस्पतालले जनाएको छ । उहाँलाई श्वासप्रश्वासमा समस्या देखिएपछि बुधबार राति अस्पताल लगिएको थियो ।

बुधबार राति स्वास्थ्यमा समस्या आएपछि उहाँलाई पाटन अस्पतालको कोभिड वार्डमा भर्ना गरिएको थियो । अछाम रामारोशन–५ निवासी २४ वर्षीय विश्वकर्माका श्रीमती र एक छोरा छन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्