पछिल्लो २४ घण्टामा देशभर थप ६ हजार ४६२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १७ हजार ४३७ जनाको पिसिआर र एन्टिजेन परीक्षण गर्दा ६ हजार ४६२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यस्तै, सोही अवधिमा थप ४ जना संक्रमितको मृत्यु भएको छ भने १४ सय १६ जना संक्रमण मुक्त भएका छन् ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३ हजार ७११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये काठमाडौंमा मात्रै २ हजार ८६८ जना रहेका छन् भने भक्तपुरमा ३२१ र ललितपुरमा ६०२ जना रहेका छन् ।