पछिल्लो २४ घण्टामा देशभर थप १२ हजार ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १८ हजार १ सय ३ जनाको आरटी पीसीआर र ७ हजार ८ सय ६ जनाको एन्टीजेन परीक्षणमा १२ हजार ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। यो कुल परीक्षणको ४६.३ प्रतिशतमा संक्रमण पुष्टि भएको हो।
त्यस्तै, पछिल्लो २४ घन्टामा ८ जनाको मृत्यु भएको छ भने ३ हजार ४० जना संक्रमण मुक्त भएका छन् । हाल देशभर कूल संक्रिय संक्रमितको संख्या ८८ हजार ९ सय ३४ पुगेको मन्त्रालयले जनाएको छ।