नेपाल औषधि उत्पादक संघले अहिले कुनै पनि औषधि अभाव नभएको बताएको छ । संघले एक विज्ञप्ति जारी गर्दै अहिले कुनै पनि औषधिको अभाव नरहेको र अभाव हुन नदिन स्वदेशी औषधि उद्योगीहरुले अहोरात्र काम गरिरहेको जनाएको हो ।
यस्तै, विभिन्न सञ्चारमाध्यममा आएको नेपालमा बन्ने प्यारासिटामोल लगायतका औषधिहरु अभावको समाचारप्रति संघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । संघले यस्तो अफवाहको पछि नलाग्न आग्रह गर्दै भनेको छ,’अफवाहका कारण जनमानसमा डर पैदा भई बिरामी भए औषधी पनि खान पाइँदैन भन्ने सोचले आवश्यकभन्दा १० गुणा बढी घरघरमा पारासिटामोल लगायतका औषधीको सञ्चय सुरू भएको छु, संघले मंगलबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, राज्यले आफ्ना उद्योगहरू र आफ्ना क्षमता बारेमा जनस्तरमा विश्वस्त पार्न नसकेको कारणले यो अवस्था सिर्जना भएको हो’
‘हालको परिस्थितिमा कुनै पनि औषधिको अभाव नभएको अवगत गराउन चाहन्छौं। नेपाल औषधि लिमिटेड बाहेक हाम्रा स्वदेशी उद्योगहरूले पुस महिनामा करिब ४३ लाख पारासिटामोल ५०० मिलिग्राम चक्की बजारमा पठाएका छौं। माघ महिनाको दोस्रो सातामा ३५ लाख र यो महिनाको अन्त्यसम्म अर्को ३५ लाख गरी ७० लाख चक्की बजारमा पठाउने लक्ष्य लिएका छौं’, विज्ञप्तिमा उल्लेख छ ।