पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप २ हजार ९४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमितमध्ये काठमाडौंमा २ हजार १५३, भक्तपुरमा २६८ तथा ललितपुरमा ५१९ जना रहेका छन् । यसैगरी देशभर पछिल्लो २४ घण्टामा थप ६ हजार ८२७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने १० जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।