चार दिनभित्र खोपको मौज्दात र खोप लगाएका व्यक्तिहरूको विवरण पठाउन निर्देशन – Janadesh Daily | ePaper

चार दिनभित्र खोपको मौज्दात र खोप लगाएका व्यक्तिहरूको विवरण पठाउन निर्देशन


स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको निर्णय अनुसार हराएको २४ लाख डोज खोप खोज्नका लागि गठित छानबिन समितिले कोभिड–१९ विरुद्धको खोपको मौज्दात र खोप लगाएका सबै व्यक्तिहरूको विवरण उपलब्ध गराउन सूचना जारी गरेको छ ।

सोमबार एक सूचना जारी गर्दै समितिले स्वास्थ्य सेवा विभाग अन्तरगतको व्यवस्थापन महाशाखा, ७ वटै प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, जिल्लास्थित ७७ वटै स्वास्थ्य कार्यालय र ७५३ वटै स्थानीय तहहरूलाई माघ २१ गते शुक्रबार दिउँसो ३ बजेदेखि ४ बजेभित्र तथ्याङ्क उपलब्ध गराउन निर्देशन दिएको छ ।

२४ लाख डोज खोप हराएको तथ्यांक बाहिरिएसँगै स्वास्थ्य मन्त्री विरोध खतिवडाले आइतबार स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा. गुणराज लोहनीको संयोजकत्वमा ५ सदस्यीय छानविन समिति गठन गरेका थिए ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्