पछिल्लो २४ घण्टामा देशभर थप ५ हजार २९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ३६८ जनाको पीसीआर परीक्षण गर्दा ३ हजार ४७२ जना र ५ हजार ७२० जनाको एन्टिजेन परीक्षण गर्दा १ हजार ८२० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
त्यस्तै, सोही अवधिमा थप ८ संक्रमितको मृत्यु भएको छ भने ८ हजार १९१ जना संक्रमणमुक्त भएका छन् । यससँगै कोरोनाबाट हालसम्म मृत्यु हुनेको संख्या ११ हजार ७४३ पुगेको छ भने संक्रमण मुक्त हुनेको संख्या आठ लाख ६२ हजार आठ सय ९८ पुगेको छ ।
मन्त्रालयका अनुसार हाल देशभर ७९ हजार २७२ सक्रिय संक्रमित रहेका छन् ।