भारत सरकारले डिजिटल मुद्रा ल्याउने भएको छ । लोकसभामा नयाँ बजेट प्रस्तुत गर्दै केन्द्रीय वित्तमन्त्री निर्मला सीतारमणले आर्थिक वर्ष २०२२ मा डिजिटल मुद्रा प्रचलनमा ल्याउने बताएकी हुन्।
” केन्द्रीय बैंकको डिजिटल मुद्राको परिचयले डिजिटल अर्थतन्त्रलाई बढावा दिनेछ, जसले सस्तो मुद्रा व्यवस्थापन प्रणालीको नेतृत्व गर्नेछ। ब्लकचेन र अन्य प्रविधिहरू आरबीआईले २०२२ देखि जारी गर्न प्रयोग गर्नेछ, ” सीतारमणले भनिन् ।
अहिले विश्वभर चर्चामा रहेको डिजिटल मुद्रा (क्रिप्टोकरेन्सी) कारोबार नेपालमा भने प्रतिबन्ध लगाइएको छ । केही समय अघि भारतमा पनि प्रतिबन्ध लगाइएको क्रिप्टोकरेन्सी कारोबार सर्वोच्च अदालतमा मुद्दा परेपछि भने अहिले खुला गरिएको छ।