जनादेश सोसल मिडिया वाच।
नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुल बाँस्कोटाले अमेरिकी सहयोगको एमसीसीको सन्नीपातले सत्तासिनलाई बर्बराउने बनाएको टिप्पणी गरेका छन् ।
बिहीवार बिहान सामाजिक सञ्जाल ट्विटरमा लेख्दै बाँस्कोटाले एमसीसी सम्झौता गर्ने सत्तासिनसँगै बहुमत रहेको बताएका छन् ।
उनले लेखेका छन्, ‘एमसीसीको सन्नीपातले सत्तासिनलाई बर्बराउने नै बनाएछ । सम्झौता गर्ने उनै हुन्, बहुमत उनैसँग छ । सेप्टेम्बर ३ को कायनवाचा उनैले गर्या हुन् । द्विपक्षीय विषय बहुपक्षीय बनाउने महान् कूटनीतिक सफलता उनकै हो । हिजो सजिलै सत्ताको लागि चिम्टा बनायौ, आज आफैंलाई सनासो भो । कसलाई था छैन र ? देख तेरा तमासा !’