भारतमा थप एक लाख ७२ हजार व्यक्तिमा कोरोना सङ्क्रमण – Janadesh Daily | ePaper

भारतमा थप एक लाख ७२ हजार व्यक्तिमा कोरोना सङ्क्रमण


भारतमा पछिल्लो २४ घण्टामा देशभर एक ७२ हजार ४३३ थप व्यक्तिमा कोरोना सङ्क्रमण भएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो तथ्याङ्कले देखाएको छ ।

यसै अवधिमा कोरोना सङ्क्रमणको कारण एक हजार ८ जनाको मृत्यु भएको पनि सो मन्त्रालयले जानकारी दिएको छ । यससँगै भारतमा कोरोना सङ्क्रमणको कारण मृत्यु भएका कुल संख्या ४ लाख ९८ हजार ९८३ पुगेको छ ।

हाल देशमा १५ लाख ३३ हजार ९२१ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेका पनि सो मन्त्रालय थप जानकारी दिएको छ । यस अवधिमा ८७ हाजार ६८२ जना सक्रिय सङ्क्रमित घटेका समाचारमा जनाइएको छ । लगातार १० औं दिनसम्म भारतमा सक्रिय सङ्क्रमित संख्या घटेको मन्त्रालयले बताएको छ ।

हालसम्म कुल तीन करोड ९७ लाख ७० हजार ४१४ जना निको भएर अस्पतालबाट डिस्चार्ज भइसकेका छन् भने गत २४ घण्टामा २ लाख ५९ हजार १०७ जना निको भएका छन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्