मौसमी पूर्वानुमानः धेरै स्थानमा असिनासहित वर्षा, यी स्थानमा हुने छ भारी वर्षा – Janadesh Daily | ePaper

मौसमी पूर्वानुमानः धेरै स्थानमा असिनासहित वर्षा, यी स्थानमा हुने छ भारी वर्षा


जनादेश वेदर।

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण अझै केही दिन मौसम प्रभावित हुने भएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका धेरै स्थानमा मेघ गर्जन/चट्याङ/असिनासहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । त्यस्तै गण्डकी तथा लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षा हुन सक्ने छ ।

देशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । शुक्रबार देशभर सामान्यदेखि पूर्ण बदली भइ धेरै स्थानमा मेघ गर्जन/चट्याङ/असिनासहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । साथै गण्डकी तथा लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षा हुन सक्ने छ । उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ ।

शनिबार प्रदेश १, मधेस प्रदेश, बागमती र गण्डकीमा आंशिकदेखि सामान्य बदली रही अन्य प्रदेशमा आंशिक बदली रहनेछ । देशका पूर्वी तथा मध्य भूभागका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्