जनादेश वाच।
केही दिनयतादेखि पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण देशका धेरै स्थानमा वर्षा र हिमपात भएको छ । काठमाडौं वरिपरिका डाँडामा समेत हिउँ परेपछि विदाको दिन मानिसहरु हिउँ खेल्न फुल्चोकी, नगरकोट, चन्द्रगिरि पुगेका थिए।
यस्तै, डडेल्धुरा, ताप्लेजुङ, खलंगा, सिमकोट, तनहुँ लगायतका स्थानमा समेत शुक्रवार हिउँ परेको छ। तनहुँको आँबुखैरेनी गाउँपालिका–५ स्थित छिम्केश्वरीमा हिमपात भएपछि आन्तरिक पर्यटक हिउँ खेल्न पुगेका छन्।
शनिवार मौसम सफा भएसँगै घाम लागेपछि मानिसहरु हिउँ खेल्न पुगिरहेका थिए। केही स्थानमा भने हिउँ हटाउन मानिसहरु बिहानै देखि लागिरहेका थिए।
हिमाली तथा पहाडी जिल्लाका धेरै स्थानमा भारी हिमपात भएको छ । भारी हिमपातका कारण जनजीवनसमेत प्रभावित भएको छ । तस्विरमा हेर्नुस् सेताम्मे फूलेका डाँडापाखा र प्रकृत्तिः