आजदेखि हट्यो काठमाडौंको जोर बिजोर प्रणाली, फागुन १ गतेदेखि शैक्षिक संस्था खोलिँदै – Janadesh Daily | ePaper

आजदेखि हट्यो काठमाडौंको जोर बिजोर प्रणाली, फागुन १ गतेदेखि शैक्षिक संस्था खोलिँदै


जनादेश वाच।
सवारी साधनमा लगाइँदै आएको जोर बिजोर प्रणाली आइतबार मध्यरातदेखि हटाइएको छ। काठमाडौं उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले सवारी साधनको जोर बिजोर प्रणाली हटाउने निर्णय गरेको हो।

आइतबार बसेको काठमाडौँ उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले सवारी साधनमा लगाइएको जोर–बिजोर प्रणाली हटाउने निर्णय गरेको हो।

आइतबार राति १२ बजेदेखि लागू हुने गरी जोर–बिजोर प्रणाली हटाइएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालको हस्ताक्षरमा जारी गरिएको सूचनामा जनाइएको छ।

यसअघि माघ पहिलो सातादेखि जोर बिजोर लागू भएको थियो। माघ १४ गतेदेखि सार्वजनिक सवारीको जोर बिजोर प्रणाली भने हटाइएको थियो।

कोरोना संक्रमितको संख्या बढ्दै गएपछि उपत्यकामा जोर–बिजोर प्रणाली लागू गरिएको थियो। तर पछि सार्वजनिक सवारीमा जोर–बिजोर हटाएर निजी सवारीमात्र कायम राखिएको थियो। अब त्यो पनि हटाइएको छ।

सबै प्रकारका आमसभा, मेला, जुलुस, भेला, महोत्सवमा लगाइएको रोक भने यथावत छ।

यस्तै कोरोना संक्रमण बढेपछि बन्द भएका विश्वविद्यालय, विद्यालय, कलेज, ट्युसन सेन्टर, तालिम वा अन्य शैक्षिक क्रियाकलापहरु पनि जनस्वास्थ्यका मापदण्ड पूरा गरी फागुन १ गतेदेखि सञ्चालन गर्न सकिने बैठकले निर्णय गरेको छ।

 

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्