आजको मौसम : केही स्थानमा वर्षा र हिमपातको सम्भावना – Janadesh Daily | ePaper

आजको मौसम : केही स्थानमा वर्षा र हिमपातको सम्भावना


जनादेश वेदर
आज पनि देशका केही स्थानमा वर्षा र हिमपातको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज प्रदेश-१ को केही स्थानमा वर्षा र पूर्वी तथा पश्चिमी भू-भागका उच्च पहाडी र हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको हो ।

‘मंगलबार दिउँसो प्रदेश-१, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही अन्य प्रदेशमा आंशिक बदली रहनेछ । प्रदेश–१ का एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ,’ महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख गरिएको छ, ‘राति प्रदेश–१, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही अन्य प्रदेशमा मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहनेछ । देशका पूर्वी तथा पश्चिमी भूभागका उच्च पहाडी तथा हिमाली भू-भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।’

महाशाखाका अनुसार आज बिहान देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली र तराईका केही भू-भागमा हुस्सु र कुहिरो लागेको छ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्