कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा थप १४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप १४ जनाको मृत्यु भएसंँगै मृतकको संख्या ११ हजार ८५२ पुगेको छ ।
त्यस्तै, सोही अवधिमा थप २ हजार ४०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार १६ हजार ३५६ जनाको स्वाब परीक्षण गर्दा २ हजार ४०१ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा थप ७ हजार ७७७ जना संक्रमण मुक्त भएका छन् ।
हाल सक्रिय संक्रमितको संख्या ३० हजार २४१ रहेको मन्त्रालयले जनाएको छ ।