कोरोना रोकथामः १८ वर्ष माथिका सबैलाई बुस्टर डोज दिने निर्णय – Janadesh Daily | ePaper

कोरोना रोकथामः १८ वर्ष माथिका सबैलाई बुस्टर डोज दिने निर्णय


जनादेश अपडेट।

सरकारले १८ वर्ष र त्यसभन्दा माथिका सबैलाई कोरोना भाइरसविरुद्ध बुस्टर डोज लगाउने भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार एक विज्ञप्ति जारी गर्दै खोपको पूरा मात्रा लगाएको ६ महिना पुगेका १८ वर्ष र त्यसभन्दा माथिका सबैलाई बुस्टर लगाउने निर्णय भएको जानकारी दिएको छ ।

कोभिड(१९ बाट संक्रमण भएका व्यक्तिलाई संक्रमणमुक्त भएको १ महिनापछि कोभिड-१९ विरुद्धको खोप दिने र यो अवधि बुस्टर मात्राको लागि पनि लागू हुने मन्त्रालयले जनाएको छ ।

खोप उपलब्धताको आधारमा कोभिशिल्ड, एस्ट्राजेनिका, मोडर्ना वा फाइजर खोप प्रदान गर्ने मन्त्रालयले जनाएको छ । बुस्टर खोप प्रदान गर्दा स्वास्थ्यकर्मी लगायत अग्रपङ्तीमा खटिने व्यक्ति, ६० वर्ष र सो भन्दा माथिका जेष्ठ नागरिक, दीर्घरोगी, गर्भवती महिला र सामाजिक जनसांख्यिक रुपमा पिछडिएका वर्गका व्यक्तिहरूलाई प्राथमिकता दिने मन्त्रालयले जनाएको छ ।

कोभिड-१९ विरुद्धको खोप लिन आउँदा उमेर खुल्ने परिचय पत्र नहुने व्यक्तिहरूको सन्दर्भमा ती व्यक्ति स्वयं वा निजको अभिभावकले खोप लिने व्यक्तिको परिचय र उमेर स्वःघोषणा गरेकोलाई आधार बनाई खोप प्रदान गरी खोपको सहज पहुँच स्थापित गर्ने मन्त्रालयले जनाएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्