एमसिसीको नाममा हिंसात्मक गतिविधि स्वीकार्य हुँदैन : अमेरिका – Janadesh Daily | ePaper

एमसिसीको नाममा हिंसात्मक गतिविधि स्वीकार्य हुँदैन : अमेरिका


अमेरिकाले एमसिसीको विरोधमा नेपालमा हिंसात्मक गतिविधि भइरहेको बताउँदै आफूहरुलाई उक्त कार्य स्वीकार नभएको जनाएको छ ।

अमेरिकी राजदूत र्‍याण्डी बेरीले सामाजिक सञ्जालमा ट्वीट गर्दै सो अभिव्यक्ति दिएका हुन् । उनले अमेरिका वाक स्वतन्त्रता र खुला बहसको समर्थक रहेको बताउँदै नेपालमा भइरहेको हालको गतिविधि स्वीकार्य नभएको जनाएका हुन् ।

‘हामी वाक स्वतन्त्रता र तथ्यमा आधारित खुला बहसको बलियो समर्थक हौं, एमसिसीको विषयमा पनि हाम्रो धारणा त्यही हो । आफ्नो विचार व्यक्त गर्न पाउनु लोकतन्त्रको अन्तर्निहित विषयवस्तु हो र सबैलाई आफ्नो धारणा शान्तिपूर्वक राख्न छुट हुनुपर्छ । तर, हिंसा या हिंसा भड्काउने किसिमका विचारहरू स्वीकार्य हुँदैनन्’ उनले ट्वीट गरेका छन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्