जनादेश सोसल मिडिया वाच।
जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले संसदले शक्ति केन्द्रहरुका दबाबमा नभई एमसिसी सत्यतथ्य र राष्ट्रिय हितमा निर्णय गर्न आह्वान गरेका छन् ।
जसपा संघीय परिषद् अध्यक्ष भट्टराईले जनताको सार्वभौमसत्ताको अभ्यास गर्ने उच्चतम थलो संसदमा एमसिसी प्रस्ताव प्रस्तुत हुनु नेपाली लोकतन्त्र र राष्ट्रिय हितका निम्ति सकारात्मक रहेको बताएका छन् ।
भट्टराईले भनेका छन्, ‘जनताको सार्वभौमसत्ताको अभ्यास गर्ने उच्चतम थलो संसदमा एमसिसी प्रस्ताव प्रस्तुत हुनु नेपाली लोकतन्त्र र राष्ट्रिय हितका निम्ति सकारात्मक छ । संसदमा खुला छलफल गरेर लोकतान्त्रिक विधिले यसको निरूपण गरौँ ! दलीय–गुटीय आग्रह र शक्तिकेन्द्रहरूका दबाबमा हैन, सत्यतथ्य र राष्ट्रिय हितमा निर्णय गरौँ !
जनताको सार्वभौमसत्ताको अभ्यास गर्ने उच्चतम थलो संसदमाMCC प्रस्ताव प्रस्तुत हुनु नेपाली लोकतन्त्र र राष्ट्रिय हितकानिम्ति सकारात्मक छ।संसदमा खुला छलफल गरेर लोकतान्त्रिक विधिले यसको निरूपण गरौं! दलीय/गुटीय आग्रह र शक्तिकेन्द्रहरूका दबाबमा हैन सत्यतथ्य र राष्ट्रिय हितमा निर्णय गरौं!
— Baburam Bhattarai (@brb1954) February 20, 2022