वनसंरक्षणमा उत्कृष्ट कार्य गर्ने १० जना सम्मानित – Janadesh Daily | ePaper

वनसंरक्षणमा उत्कृष्ट कार्य गर्ने १० जना सम्मानित


जनादेश संवाददाता,

घोराही । डिभिजन वन कार्यालय दाङले वन तथा वातावरण संरक्षणका क्षेत्रमा उल्लेखनीय योगदान गर्ने १० जना वन संरक्षणकर्मी तथा कर्मचारीलाई सम्मान गरेको छ ।

प्रदेश ५ का वन तथा वातावरण मन्त्री लिला गिरी र डिभिजन वन कार्यालय दाङका प्रमुख दिपक ज्ञवालीले वन तथा वातावरण संरक्षणमा उल्लेख्य योगदान पु¥याएका कर्मचारी र वन संरक्षणकर्मी सम्मान गर्नुभएको हो ।

सर्वाेत्कृष्ट पुरस्कारबाट सहायक वन अधिकृत सिद्धान्त वराल र कर्मचारी खिमबहादुर चौधरी, उत्कृष्ट पुरस्कारबाट फरेष्टरद्वय विरजङग वली र तिलक चौधरी, सशस्त्र बन सुरक्षा तर्फ मोतिराम थारु, कार्यालयका कम्प्युटर अपरेटर प्रतिभा तिमिल्सेना, वन रक्षकद्वय विनोद अधिकारी र नवराज अधिकारीलाई सम्मान गरिएको हो ।

यस्तै, सान्त्वना तर्फ अधिकृत लेखातर्फ जागेश्वर उप्रेती र मेकानिकल अपरेटर सहायक तर्फ प्रकाश बहादुर साउद सम्मानित हुनुभएको हो । कार्यक्रममा मन्त्री लिला गिरीले वन तथा वातावरण संरक्षण गर्न हामी सबैको साझा दायित्व भएको बताउनु भएको छ ।

वन कार्यालयले शून्य वन डढेलो महाअभियानसफल घोषणा एवं अग्नि नियन्त्रण सामग्री प्रदर्शनी गृह उद्घाटनलाई सम्बोधन गर्दै मन्त्री गिरीले मन वचन र कर्मले वन जोगाउन सबै लाग्नु पर्ने बताउनुभयो ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्