रोल्पामा हावाहुरीका कारण मकैबारीमा क्षति – Janadesh Daily | ePaper

रोल्पामा हावाहुरीका कारण मकैबारीमा क्षति


रोल्पा,

रोल्पामा हिजो हावाहुरीले मकैबारीमा ठुलो क्षति पुराएको छ । रोल्पाको परिवर्तन गाँउपालिका २ दाङ्जैका करिव ३६ घर परिवारले लगाएको मकैमा पानिसँगै चलेको ठुलो हावाले क्षति गरेको हो ।

लालीगुरास कृषक समुह तथा साना सिंचाई समितीका सचिव भिमप्रकास खत्रीका अनुसार दाङ्जैका सबै किसानको धानबाला लागेका मकै सबै ढालेको छ । मकै पुर्ण रुपले क्षतिभएपछि किसानहरु निकै चिन्तित बनेका छन् ।

ठुलो पानिसँगै चलेको हुरीका कारण एकाएक भाचिएपछि मकै कृषकहरु गाईलाई खुवाउन बाध्य भएका छन् । गाँउका सबै कृषकको मकै बारीमा ठुलो क्षति भएपछि अहिले उनिहरुले स्थानिय तहसँग राहतस्वरुप क्षतिपुर्तिको आशा राखेका छन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्