किसान भन्दछन् ‘युरिया मल कहिले पाइन्छ सरकार ?’ – Janadesh Daily | ePaper

किसान भन्दछन् ‘युरिया मल कहिले पाइन्छ सरकार ?’


दुर्गा देवकोटा,

टीकापुर । टीकापुर बनगाउँका किसान लक्ष्मीप्रसाद चौधरी केही दिनदेखि युरिया मलको खोजीमा हुनुहुन्छ । जहाँ–जहाँ मल पाइन्छ भन्ने सुन्यो त्यतैत्यतै दौडिएका लक्ष्मीले कतै मल पाउनुभएको छैन ।

मल अभावमा धानको उत्पादन घटे परिवारमा भोकमरीको सङ्कट आउने चिन्ताले मल खोज्न दैनिक कृषि सहकारी, बजार धाइरहनुभएको छ । कैलालीमा कतै नपाएपछि बर्दियाको गुलरियाबाट एक क्विन्टल मल ल्याएर अलिअलि छर्ने योजना बनाएको लक्ष्मीले जानकारी दिनुभयो । “दुई सातादेखि मल खोजिरहेको छु, मल नपाउँदा निकै पीडा भएको छ”, उहाँ भन्नुहुन्छ, “बर्दिया गएर मल ल्याए तर त्यतिले पुग्दैन ।”

टीकापुर–७ सत्तीका धना तिमिल्सिनाले पनि युरिया मल पाउनुभएको छैन । मलकै लागि धनगढीसम्म बारम्बार सोधपुछ गर्दा पनि मल नपाएपछि दिक्क हुनुहुन्छ । अहिलेसम्म युरिया मल पाइने सम्भावना नदेखिएको उहाँको गुनासो छ । धान उत्पादन बढी लिन किसानलाई मल, सिँचाइ अनिवार्य चाहिन्छ । “मल नपाए यस वर्ष धान उतपदन घट्ने निश्चित हो । उत्पादन घटे परिवारलाई वर्षभरि खानै पुग्दैन”, तिमिल्सिना भन्नुहुन्छ, “देशभित्र युरिया मल छैन भने सीमापारिबाट भए पनि ल्याउने व्यवस्था मिलाउनु आवश्यक छ । अघिल्ला वर्ष हामी भारतबाट मल ल्याउँथ्यौँ ।”

धान उत्पादन बढाउन युरिया आवश्यक भए पनि समयमा उपलब्ध नहुँदा बर्दिया र कैलालीका सीमावर्ती बजार धाउनुपर्ने बाध्यता छ । किसानले स्थानीय तहलाई समयमै किसानलाई मल उपलब्ध गराउनुपर्ने र नसके अन्य सम्भावना खोजी गरी मल ल्याउन दिनुपर्ने किसानको माग छ । धानमा हाल्ने बेला युरिया मल नपाउनु किसानलाई मात्रै समस्या नभई कृषि क्षेत्रमै असर पार्छ ।

समयमै सहजरुपमा मल उपलब्ध गराउन स्थानीय सरकारले सहयोग गर्नुपर्ने माग छ । सहजताको लागि टीकापुर नगरपालिकाले विभिन्न तह र निकायसँग समन्वय गरिरहेको टीकापुर नगरपालिकालका नगर प्रमुख तपेन्द्रबहादुर रावलले बताउनुभयो । “मल अभावमा किसानलाई सास्ती भएको छ”, नगर प्रमुख रावल भन्नुहुन्छ, “हामीले धेरैतिर पहल गरेका छौँ, हाम्रो काम समन्वय र पहल गर्ने हो, मल नपाए उत्पादनमा कमी मात्र नभई किसानलाई दुःख भएको छ ।”

कृषि उत्पादन बिना विकासका कार्यसमेत प्रभावित हुने भएकाले अहिले किसानको समस्याबारे समन्वय भइरहेको जानकी गाउँपालिकाका अध्यक्ष प्रदीपकुमार चौधरी बताउनुहुन्छ, “किसानलाई सहजताका लागि अन्य व्यवसायीरुपमा आउने सामानसरह व्यवहारिकरुपमा किसानलाई मल ल्याउनको लागि पहल भइरहेको छ ।”

कैलालीमा १५ हजार मेट्रिक टन युरिया, खपत भए पनि तत्काल कृषि सामग्री कम्पनीले चार हजार टन युरिया मलको माग गरेको छ । तत्काल कतैबाट मल ल्याउने सम्भावना नरहेकाले साउनको अन्तिम सातासम्म मात्र युरिया मल आउन सक्ने कृषि सामग्री कम्पनी प्रादेशिक कार्यालय धनगढीका प्रमुख नवलसिंह बोगटीले जानकारी दिनुभयो ।

काठमाडौं उपत्यका र काठमाडौं उपत्यका बाहिर दुईसय भन्दा बढी संक्रमित भएको जिल्लामा यातायातमा जोर बिजोर प्रणाली लागु गरिएको हो ।

भाडाका सवारी ९कालो नम्बर प्लेट० र निजि सवारी ९रातो नम्बर प्लेट० भएका सवै प्रकारका सवारीमा जोर बिजोर लागू भएको छ । अत्यावश्यक सेवाका सवारी साधानहरुमा जोर बिजोर लागु हुँदैन । सरकारी सवारी साधन, स्वास्थ्य क्षेत्रका सवारी, खाद्यान्न ढुवानी, दुध, खानेपानी तथा तरकारी ढुवानीमा प्रयोग हुने सवारीमा जोर बिजोर लागु हुँदैन ।

जोर बिजोरको नियम पूर्ण रुपमा पालना गरिदिन ट्राफिक प्रहरी महाशाखाले आग्रह गरेको छ । कोभिड संक्रमणको जोखिम बढ्दै गएको भन्दै ट्राफिक प्रहरी महाशाखाका प्रहरी वरिष्ठ उपरिक्षक ९एसएसपी० भिम प्रसाद ढकालले जोर–बिजोर प्रणालीमा भनसुन नलाग्ने बताए ।

‘आफैं स्व–अनुशासनमा बस्नुपर्ने बेला भएको हुनाले जोर बिजोर प्रणालीमा हामी कठोर बन्छौं’ एसएसपी ढकालले भने–‘यसमा कसैको भनसुन चल्दैन ।’ रासस

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्