जाग्ने भो काठमाडौंः रात्रिकालीन व्यवसायमाथिको बन्देज हट्यो, २४ सैँ घन्टा खोल्न पाइने – Janadesh Daily | ePaper

जाग्ने भो काठमाडौंः रात्रिकालीन व्यवसायमाथिको बन्देज हट्यो, २४ सैँ घन्टा खोल्न पाइने


जनादेश अपडेट।

रात्रिकालीन व्यवसाय सञ्चालनमा गृहले तोक्दै आएको समय अब हटेको छ। स्थानीय प्रशासनले कहिले बेलुका १० त कहिले बिहान २ वजेसम्ममात्र डिस्को, लाउन्ज, दोहोरी र क्लबहरू खोल्ने अनुमति दिँदै आएको थियो।

गृहले बुधवारबाट रात्रिकालीन व्यवसाय २४ दसैँ घण्टा खोल्न दिन र सोही अनुसारको सुरक्षा प्रबन्ध गर्न प्रहरी प्रधान कार्यालयमा पत्र पठाएको छ।

गृहले पत्रसँगै मनोरञ्जनात्मक व्यवसाय र होटलहरुले पालना गर्नुपर्ने संहिता समेत पठाएको छ। संहितामा सिपयुक्त नृत्य प्रदर्शन गर्नुपर्ने, अश्लीलता फैलाउन नहुने, श्रम कानुनको पालना, पब, लाउन्ज र लाइभ म्युजिकमा १८ वर्ष मुनीकालाई प्रवेश निषेध लगायत उल्लेख छ।

महामारी र विपद्को अवस्थामा बाहेक अन्य अवस्थामा २४ दसैँ घण्टा व्यवसाय सञ्चालन गर्न सकिने पत्रमा उल्लेख छ।

स्थानीय प्रशासनले समय तोकिदिएपछि व्यवसायीहरुले स्थानीय प्रहरीसँगको मिलेमतोमा तोकिएको समयपछि पनि बार तथा लाउन्जहरु सञ्चालन गर्ने गर्दै आएका थिए। रात्रीकालिन व्यवसायबाट हुने अतिरिक्त आम्दानीकै कारण दरवारमार्ग, सोर्हखुट्टे लगायतका बृत्तमा जान प्रहरीविच ठुलै प्रतिष्पर्धा हुने गरेको छ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्