जनादेश वाच।
जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई इंगित गर्दै एमसीसीबारे तीन प्रश्न गरेका छन्।
पूर्वप्रधानमन्त्रीसमेत रहेका डा. भट्टराईले प्रश्न गरेका छन्, ‘राष्ट्रिय हितभन्दा पार्टीको हित वा सत्तास्वार्थलाई माथि राख्नु कति ठीक हो? राष्ट्रिय हितविपरित भए पास गर्न मिल्छ? यो कस्तो राजनीति हो? ‘
उनले सत्ता स्वार्थका लागि लागि एमसीसी पास गरेको हो भन्दै नेता नेपाललाई प्रश्न गरेका हुन्। उनले ट्विटरमार्फत भनेका छन्, ‘एमसीसी अनुदानसम्झौता संसदबाट पारित गरिएको राष्ट्रिय हितमा भएकाले हो कि पास नगरिएको भए सरकारबाट बाहिरिनुपर्थ्यो वा पार्टी नै समाप्त हुन्थ्यो भनेर हो?’
एमसीसी अनुदानसम्झौता संसदबाट पारित गरिएको राष्ट्रिय हितमा भएकाले हो कि पास नगरिएको भए सरकारबाट बाहिरिनुपर्थ्यो वा पार्टी नै समाप्त हुन्थ्यो भनेर हो?राष्ट्रिय हितभन्दा पार्टीको हित वा सत्तास्वार्थलाई माथि राख्नु कति ठीक हो?राष्ट्रिय हितविपरित भए पास गर्न मिल्छ?यो कस्तो राजनीति हो?
— Baburam Bhattarai (@brb1954) March 9, 2022
यसअघि एकीकृत समाजवादीका अध्यक्ष नेपालले एमसीसी पारित गर्न सहमत नभएको भए सरकारबाट बाहिरिनुपर्ने अवस्था आउने बताएका थिए। पार्टीका सम्माननीय नेता झलनाथ खनालले चर्को विरोध गरिरहँदा पनि एकीकृत समाजवादीका अन्य सांसद्हरु भने एमसीसी अनुमोदन हुनुपर्ने पक्षमा उभिएका थिए।
फागनु ८ गते संसद्मा टेबल गरिएको एमसीसी फागुन १५ गते बहुमतका साथ संसद्बाट अनुमोदन गरिएको थियो।