बेइरुतमा विस्फोट : बन्दरगाहका केही अधिकारी नजरबन्दमा – Janadesh Daily | ePaper

बेइरुतमा विस्फोट : बन्दरगाहका केही अधिकारी नजरबन्दमा


जनदेश, काठमाडौँ ।

लेबननको राजधानि बेइरुतमा भएको ठूलो विस्फोटनको अनुसन्धान सुरु भएको छ ।

अनुसन्धानका लागि राजधानीमा रहेको उक्त बन्दरगाहका केही अधिकारीहरूलाई उनीहरूकै निवासमा नजरबन्दमा राखिएको लेबनन सरकारले जनाएको छ । असुरक्षित रूपमा राखिएको २,७५० टन अमोनियम नाइट्रेटका कारण विस्फोटन भएको राष्ट्रपति मीसेल आउनले बताएका छन् । यस्तै, उकत विस्फोटन परी ज्यान गुमाउनेको संख्या १३५ पुगेको छ भने ४ हजार भन्दा बढी घाइते छन् ।

यूकेस्थित शेफिल्ड विश्वविद्यालयका विशेषज्ञहरूले बेइरुत विस्फोटनको शक्ति दोस्रो विश्व युद्धका बेला जापानको हिरोसिमा मा खसालिएको अणु बम बमको शक्तिसँग तुलना गर्दा त्यो १० भागको एक भाग रहेको अनुमान गरेका छन्।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्