पछिल्लो २४ घण्टामा थप ५१ जनामा कोरोना सङ्क्रमण – Janadesh Daily | ePaper

पछिल्लो २४ घण्टामा थप ५१ जनामा कोरोना सङ्क्रमण


थप ५१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पाँच हजार ९१४ जनाको कोरोना परीक्षण गरिएको थियो ।

मन्त्रालयका अनुसार सक्रिय सङ्क्रमितको सङ्ख्या तीन हजार ९९६ रहेको छ । पछिल्लो समय ३९२ जना कोरोनाबाट मुक्त भएका छन् । योसँगै निको हुनेको सङ्ख्या नौ लाख ६२ हजार १७३ पुगेको छ । निको हुने दर ९८.४ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट कसैको पनि ज्यान गएको छैन । मन्त्रालयका अनुसार २०० भन्दाबढी सङ्क्रमित भएका जिल्लामा ललितपुर, काठमाडौँ, चितवन र बाँके छन् । मनाङ, रुकुमपूर्व, बाजुरा र जुम्लामा कोही पनि कोरोनाबाट सङ्क्रमित छैनन् । नेपालमा सङ्क्रमण दर १७।८ प्रतिशत छ । हाल होम आइसोलेसनमा तीन हजार ९२७, संस्थागत आइसोलेसनमा ६९, आइसियुमा २७ र भेन्टिलेटरमा ६ जनाको उपचार भइरहेको छ । विगत २४ घण्टामा देशभर २९ हजार ३९० जनाले कोरोना विरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्