५०० एमजीको सिटामोल सहित ६५० एमजीको पनि आवश्यकता अनुसार उत्पादन: औषधि उत्पादक संघ – Janadesh Daily | ePaper

५०० एमजीको सिटामोल सहित ६५० एमजीको पनि आवश्यकता अनुसार उत्पादन: औषधि उत्पादक संघ


नेपाल औषधि उत्पादक संघले ५ सय एमजीको सिटामोल उत्पादन रोक्न लागिएको समाचारप्रति ध्यानाकर्षण भएको जनाएको छ ।

एक विज्ञप्ति जारी गर्दै संघले ५ सय एमजीको सिटामोल उत्पादन निरन्तर भई ६५० एमजी पनि उत्पादन गर्नका लागि अनुमति प्रदान भएको हुँदा ५ सय एमजी पनि अभाव नहुने र आवश्यकता अनुसार ६५० एमजि पनि उपलब्ध हुने बताएको छ ।

‘पारासिटामोल ५०० एमजीलाई विस्थापित गरी ६५० एमजी मात्र उत्पादन गर्ने भन्ने भ्रमपूर्ण अभिव्यक्तिहरु देखिएको हुनाले सबैमा ५०० एमजीको उत्पादन निरन्तर भई ६५० एमजीको पनि उत्पादन गर्नको लागि अनुमति प्रदान भएको हुँदा ५०० एमजी पनि अभाव नहुने र आवश्यकता अनुसार ६५० एमजी पनि उपलब्ध हुने समेत ध्यानाकर्षण गराउन चाहन्छौँ’ विज्ञप्तिमा उल्लेख छ ।

यसअघि चैत १० गते बसेको औषधि सल्लाहकार समितिको ५३ औँ बैठकले नेपालमा पनि ६५० एमजीको पारासिटामोल उत्पादन गर्ने निर्णय गरेको थियो । तर, उपभोक्ता हित संरक्षण मञ्च, नेपाल फार्मेसी संघ र नेपलिज एशोसिएसन अफ क्लिनीकल फर्मासिस्टले भने अध्ययन अनुसन्धान बिनानै पारासिटामोलकाे डोज बढाइएको भन्दै उक्त निर्णयको विरोध गर्दे आइरहेको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्